काठमाडौंः प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकार ल्याएको आर्थिक वर्ष २०७५÷०७६ को बजेटका विषयमा समीक्षा गर्न संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारमा रहेको दलको कार्यलयमा बसेको उक्त बैठकमा कांग्रेसका पूर्व अर्थमन्त्री र पार्टी निकट अर्थविदहरुको समेत सहभागीता रहेको जनाइएको छ । बैठकमा सरकारले सदनमा पेश गरेको आर्थिक वर्ष ०७५र७६ को बजेटमा छलफल हुनेछ र पार्टीले बजेटमाथिको आधिकारिक धारणा बनाउनेछ ।

सरकारले ल्याएको बजेटमा नयाँ विषय नरहेको र जनतालाई सपना मात्र वाढेको भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ।