काठमाडौंः बजेट प्रस्तुत हुने दिन नजिकंदै गर्दा नेप्से घटेको छ । आज २७ दशमलव ८६ अंकले घटेर नेप्से १ हजार ३ सय दशलमव ४१ विन्दुमा पुगेको छ । नेप्से परिसूचकका २ दशमलव १० प्रतिशत गिरावट हो ।

सेयर घट्नुको कारण भ्याट र प्यानको कुरा उठाएर केही समूहले बजेट आउनुअघि घटेको सेयर लिने गरेको विश्लेषकको धारणा छ । उनीहरूले लगानीकर्ताले प्यान नम्बर दर्ता नभएसम्म शेयर कारोबार गर्न नपाउने भन्ने नियम ल्याइँदै छ भन्ने हल्ला फैलाएको पनि बजारमा प्रभाव पारेको हो ।

सेयर कोरोबार २७ दशमलव ८६ अंकले घटेर १ हजार ३ सय दशलमव ४१ विन्दुमा नेप्से पुगेको छ । नेप्से परिसूचक २ दशमलव १० प्रतिशतले घटेको हो ।


। केही लगानीकर्ता भने बजेट आउन थालेकाले बजेटको पर्खाइमा देखिन्छन् ।

कारोबार भएका १० मध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक २ दशमलव ११ प्रतिशत, बिमाको २ दशमलव ७, ‘अन्य’ समूहको १ दशमलव ७३ , लघुवित्त समूहको १ दशमलव ५९ र जलविद्युत समूहको १ दशमलव ८४ प्रतिशतले घटेपछि समग्र नेप्से घट्न पुगेको हो ।