काठमाडौं: अघिल्लो हप्ता ओरालो लागेको सेयर बजारमा सोमबर देखि केहि सुधार देखिएको थियो । तर सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरेकै दिन शेयर बजार भने ९ दशमलव १८ बिन्दुले ओरालो लागेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव शून्य २ अंकले घटेको छ । मंगलबार कूल १६७ कम्पनीको आठ लाख ४० हजार १७५ कित्ता शेयर रु ४१ करोड ७४ लाख ३६ हजार ९६८ मूल्यमा कारोबार भएको थियो ।

मंगलबारको कारोबारमा बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव शून्य ८ प्रतिशत बढ्यो भने अरू सम्पुर्ण समूहको परिसूचक ओरालो लागेको छ ।

बिमा समूहको परिसूचक उकालो लाग्दा, बैंकिङ १० दशमलव ५, होटल ३३ दशमलव १८, विकास बैंक १४ दशमलव २१, जलविद्युत् १३ दशमलव ३३, फाइनान्स २ दशमलव ९८, उत्पादन २० दशमलव ६, अन्य १ दशमलव ४६ र माइक्रोफाइनान्सको भने १५ दशमलव ४८ बिन्दुले तल झरेको छ ।