नुवाकोट, २६ जेठ: नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले बजेट हेर्दा कम्युनिस्ट सरकार पनि काँग्रेसकै बाटोमा हिँडेको देखिने बताएका छन् । खरानीटारमा नेपाली काँग्रेस तादी गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा डा महतले अर्थमन्त्रीले भनेजस्तो देशको अर्थतन्त्र खराब नभएको बताएका हुन् ।

डा. रामशरण महतले उक्त कार्यक्रममा सरकारले अर्थतन्त्र खराब भएको देखाएर नागरिकमा नकारात्मक सन्देश दिएको आरोप लगाए । ‘सरकारले स्वेतपत्र जारी गर्दा ढुकुटी रित्तै देखाउने, पछि सरकारको नीति तथा कार्यक्रममा भने त्यसको विपरीत आएको छ’, डा महतले भने, ‘अर्थतन्त्र खराब देखाउने प्रयासले राम्रो सन्देश दिँदैन ।


।’

पूर्वअर्थमन्त्रीसमेत डा महतले कम्युनिस्टको सरकार भए पनि अहिलेको बजेट हेर्दा कम्युनिस्ट सरकार पनि काँग्रेसकै बाटोमा हिँडेको देखाएको बताए । डा महतले नेपाली काँग्रेसले प्राथमिकतामा राखेका योजना कटौती गरेर बजेट आएको भन्दै त्यसले विकासको निरन्तरतामा असर गर्ने विचार व्यक्त गरे ।