काठमाडौं: सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट व्यवस्था गरिएको छ ।

के भन्छन त बजेट बारे नेताहरु ?

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा: 

सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने

करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन।


  • पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराई

बजेट सुन्दै जाँदा ‘माछा माछा, भ्यागुता’ जस्तो पो अनुभूति भयो! बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आयो! जबकि आवस्यकता समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको थियो। त्यो न राजस्व, न भित्री र बाहिरी लगानी, न क्षेत्रगत विनियोजन, न प्रदेश र तल हस्तान्तरणमा कतै देखिएन!

 

  • डा मीनेन्द्र रिजाल:

बजेट सुन्दा दिउँसै सपना देखेको जस्तो

सरकारको हिस्सा जोड्दा बजेटको आकार ठूलो

केन्द्र सरकारले उठाउने राजस्वबारे मात्रै उल्लेख भएर आएको

तथा राजस्व संकलनको स्पष्ट मार्ग नदेखिएको

  • गगन थापा:

सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिए अनुसार नयाँ तरंग ल्याउने र जोखिम मोल्ने प्रकारको नभएको

 

  • पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे:

समाजिक सुरक्षालाई बजेटको प्राथमिकता

बढी गरिब तथा तल्लो वर्गका लागि बजेट केन्द्रित

बजेटले आयातलाई निरुत्साहित गरेको

 

  • पूर्वअर्थमन्त्रीरामशरण महत:

बजेट सरसर्ती सुन्दा नराम्रो भन्न सकिन्न । आंकाक्षा, इच्छाहरु धेरै छन् । तर, कार्यन्वयनको विश्वसनीय आधार बजेटमा देखिन्न ।

कार्यान्वयनको प्रश्न पनि उत्तिकै छ ।

 

  •  डा. शाशंक कोइराला:

बजेटमा केही पक्ष राम्रा छन्, केही कमजोरी छन्, म यो बजेट मिश्रित छ भन्छु ।