बझाङः बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार रहेका मष्टा गाउँपालिका–५ बस्ने ४७ वर्षीय ज्ञानु बोहरा भन्ने ज्ञान बहादुर बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बझाङको २०६३ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १० गते शुक्रबार, १६:०८