बझाङः बित्थरचिर गाउँपालिका–९ सुनकाडा बजारमा बिहीबार साँझ बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रेम विष्टकी छोरी दिपिका रहेकी छिन् ।

चैनपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले बालिकालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, ११:३७