बझाङः बुङगल नगरपालिका–३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित दुई जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेको प्रहरीले जनाएको छ ।

सुदुर पश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः सोमबार, भदौ २२, २०७७, १७:१९