काठमाडौं : हनुमानढोका स्थित श्वेत भैरव अब सधैंका लागि खुला गरिएको छ यस अघि बडादशैँका बेला मात्र सर्वसाधारणका लागि खुला हुने गरेको थियो।

श्वेत भैरवका गुठियारलाई भोज भतेर गर्न खर्च नै नपुगेको भन्दै दक्षिणा सङ्कलन हुने आशमा श्वेत भैरव अब जुनैदिन पनि सर्वसाधारणले दर्शन गर्न सक्ने गरी खुला गरिएको छ ।

गुठियार प्रकाश ताम्राकारका अनुसार सतुङ्गलमा श्वेत भैरव गुठीको १०४ रोपनी जग्गा मध्ये ७१ रोपनी रैतान व्यक्ति जग्गा धनी कायम गरिएको छ । कुल २२ रोपनी गुठी अधिनस्थ गुठी संस्थानको एकलौटी हक छ, अन्य जग्गा के कसो छ यकिन छैन ।

यी जग्गाको आयस्ता गुठियारले पुग्ने गरि पाएकै छैनन् दक्षिणाकालागिपनि भैरवलाइ खुला गरिएको हो, ढोका पूरै नउघारेर आधा ढोका मात्र उघारिएको ताम्राकारको भनाइ छ।


गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार यी जग्गाको आयस्ता निकै कम आउँछ, करोडौँ कारोवार भइरहेको यी जग्गाको वार्षिक १०÷१५ रुपियाँ मात्र कुत बुझाएपछि कसरी गुठियारले पर्याप्त रकम पाउँने गोरखापत्रमा समाचार छ ।