काठमाडौंः बडादशैंको चौथो दिन आज बुधबार कुष्माण्डा देवीको पूजा आराधना गर्ने गरिन्छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो ।

दशैंको चौथो दिन आज पनि काठमाडौं उपत्यकाका गुह्येश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, संकटा, बज्रबाराही, नवदुर्गा लगायत देशैभरिका शक्तिपीठहरूमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।



प्रकाशित मितिः बुधबार, असोज १५, ०६:०५