काठमाडौं:  ऊर्जा खपतको दर पछिल्लो वर्ष ९ प्रतिशतले बढेको छ । अर्थमन्त्री युवराज खतिवडाद्वारा आइतबार जारी गरिएको आर्थिक सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षको प्रथम आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊर्जा खपत बढेको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा ऊर्जा खपत ९ हजार १९ दशमलव ४ टन तेल शक्ति बराबर पुगेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यो ८ हजार २ सय ५७ टन तेल शक्ति थियो । एक टन तेल शक्ति बराबर ११ हजार ६ सय ३० किलोवाट प्रतिघण्टा ऊर्जा हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा अर्थतन्त्रका सबै क्षेत्रमा विद्युत् खपतको मात्रा पनि बढेको छ ।


। अघिल्लो आर्थिक वर्षको ८ महिनाको तुलनामा अहिले विद्युत् खपत १८ प्रतिशतले बढेको छ । यो आर्थिक वर्षको प्रथम ८ महिनामा विद्युत् खपत ३ हजार ५ सय ९९ गिगावाट घण्टा पुगेको छ । विद्युत् खपत उद्योगमा भन्दा घरायसी प्रयोजनका लागि बढी छ । वार्षिक औसत ४५ प्रतिशत विद्युत् घरायसी प्रयोजनको लागि खपत हुने तथ्यांक छ । औद्योगिक क्षेत्रमा ३५ प्रतिशत विद्युत् खपत हुन्छ । कान्तिपुर दैनिकमा समाचार छ ।