काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ४ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १७ गते सोमबार, ११:५६