काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ५ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
शुक्रबार ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ५ सयले बढेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत ८ गते आइतबार, ११:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook