काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय रुपैयाँले बढेको हो ।
सोमबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ३ सयले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार २३५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत २४ गते मंगलबार, १०:५८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook