काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार सुन १ सय रुपैयाँले बढेको हो ।

आइतबार ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार १ सयले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार २७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ३० गते सोमबार, ११:०६