काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार ८९ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार १ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, असार ३, २०७७, ११:३७