काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ३ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

बुधबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ३ सय रुपैयाँले बढेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, ११:३९