काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ४ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख २० गते सोमबार, ११:२०