काठमाडौंः पूर्व र मध्य क्षेत्रमा आंशिक बदली भए पनि देशको पश्चिमी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन् ।

हाल देशको पहाडी भागमा भू–भागमा आंशिक बदली रहेको छ ।

मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ ।

साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरोको संभावना छ ।


। देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।


प्रकाशित मितिः २८ पुस २०७७, मंगलबार, ०७:२६