काभ्रेः बनेपा नगरपालिका–६ बाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

पाँचकुमारी पेट्रोल पम्प रहेको भवनको माथिल्लो तल्लामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने जनक तिमिल्सिना समेत ६ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा ६ लाख ५४ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, १७:४४