काभ्रेः बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु सुनचाँदी चोरीको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउमानन्धर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ घर भई हाल बनेपा नगरपालिका–८ मा डेरागरी बस्ने सृजना आचार्य रहेका छन् ।

मंगलबार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


चोरिएको मध्ये १० तोला सुन र १२ तोला चाँदी बरामद गरिएको उनले बताए ।

तीनै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, १९:५५