मोरङः सुन्दरहरैचा नगरपालिका–१० मा बन्दै गरेको २ तले नयाँ घरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय श्याम कुमार रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे ३ बजे छिमेकी नर्सिङ लिम्बुको घरमा प्लम्बरको काम गर्न गएका रिजालको लडेर घाइते भएपछि उपचारको क्रममा धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, मंसिर २१, १२:१२