मोरङः बम विस्फोटन घटनामा संलग्न रहको अभियोगमा थप एक जनालाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षिय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर-१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बैशाख चार गते राती बम विस्फोटन भएको थियो ।

यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो उनीहरुमाथी आवश्यक कारबाही सुरु गरेको समेत प्रहरीले जनाएको छ ।