काठमाडौंः गएराती बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । खोटाङको लामिडाँडामा जन्मेका थापाको आफ्नै निवास काठमाडौंको मैतीदेवीमा निधन भएको हो ।

स्वर्गिय कलाकार थापा लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट ग्रत थिए । उनले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका छन ।

कलाकारिताका अलवा उनले २ वर्ष बृटिश सेनामा काम गरेर दोस्रो विश्वयुद्ध पनि लडका थिए । पछि उनी नेपाली सेनामा कार्यरत थिए । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिंदैछ ।

कलाकार दीपकराज गिरिका अनुसार बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।



थापाको निधनमा कलाकारहरुले सामाजिक संजालमा श्रद्धाञ्जली दिइरहेका छन ।