नवलपरासीको बर्दघाटमा दुई मोटरसाईकल एक आपसमा ठोक्कीदा ३ जनाको मृत्यु भएको छ । घटनामा १ जना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ गइरहेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल र बिपतित दिशाबाट आइरहेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल एक-आपसमा ठोक्किएका थिए ।

ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम केन्द नजिकै भएको घटनामा २ जनाको घटना स्थलमै र १ जनाको उपचारका लागि भरतपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने, बर्दघाट १४ का बर्ष १९ का आशिष जीसी र बर्दघाट १६ बस्ने बर्ष ३० का अजित सिं ठकुरी रहेका छन् ।


। ठकुरिको उपचारार्थ भरतपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । भने अर्का घाईते बर्दघाट १४ का बर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारार्थ बुटवल पठाईएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।