फिदीम नगरपालिका–४, का २२ वर्षीय मनोज लिम्बूलाई प्रहरीले एक १५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

पीडित बालिकाको आफन्तले बालिकाको बलात्कार भएको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पीडित बालिकाको उपचार भइरहेको छ ।