मुम्बईः बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ।
चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १ करोड ६० लाख रुपैयाँ जरिवाना गरेको हो।
यो घटनामा अदालतले राजपालकी पत्नीलाई पनि दोषी ठहर गरेको छ। यद्यपी चेक बाउन्स मामिलामा राजपाललाई राहत दिँदै अदालतले १०–१० लाख क्षतिपूर्ती तिर्न आदेश दिएको छ।
फिल्म बनाउने भन्दै दिल्लीको एक कम्पनीबाट ५ करोड ऋण लिएर चुक्ता नगरेको र बाउन्स चेक दिएर बारम्बार ठाटेको भन्दै राजपालविरुद्ध अदालतमा मुद्दा परेको थियो।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook