काठमाडौंः बलिउड अभिनेत्री करिष्मा कपूर नेपाल आइपुगेकी छिन् ।

मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीको प्रयोजनका लागि उनी भारतबाट आज बिहान मा नेपाल आएकी हुन् ।

उनलाई मेरिगोल्ड सयपत्री ज्वेलर्सको विशेष अतिथिका रुपमा निमन्त्रणा गरेको थियो । उनले मेरिगोल्ड ज्वेलर्सको दरबारमार्गमा रहेको नयाँ शोरुमको समुद्घाटन गर्ने छिन् ।