काठमाडौं: बल्खु तरकारी बजारका ब्यापारीले बल्खु स्थित निर्माणधिन चक्रपथ सडक अबरुद्ध  गरेका छन् ।

चक्रपथमा निमार्ण अन्र्तगत बल्खुमा  सडक स्तरोन्नति कार्य गर्दा तरकारी बजार सम्म सडकको स्तरोन्नति हुनुपर्ने, तरकारी बजारमा जानो बाटोको निकास दिनुपर्ने माग राख्दै  उनीहरुले सडक निमार्ण कार्यलाई अवरोध गरेका हुन् ।

व्यापारीहरुले सडक निर्माण कार्यका वस्तुहरु ट्रकबाट झार्न समेत अबरुद्ध गरेका छन् भने प्रहरीले भने निमार्णकार्यमा अवरुद्ध गर्न नहुने र निकासको बारेमा सम्बन्धित पक्षसँग सहकार्य गर्नुपर्नेभन्दै समान झार्न लगाएको छ ।  व्यापारीले गरेको विरोधका कारण चक्रपथमा चल्ने सवारी साधनमा अवरोध सिर्जना भएको छ ।