बल्ल बल्ल रात कटाउछु बिहानी आउला भनेर
हरेक बिहानी संगै खुशिको खानी आउला भनेर
छोराको लास पठाएर आमाले मन बुझाउछिन
मलामी फर्की आउँदा खरानी आउला भनेर
घरको गरिबीले अठार बर्षसम्म कुरायो बालकलाई
देशमै रोजगारी नआए पनि राहदानी आउला भनेर
चस्मा किनेर फर्किए पछी अर्को आश राखेको छु
कुनै दिन त आँखा किन्ने आम्दानी आउला भनेर
सुदुर बासिलार्इ कतिन्जेल हिडाउछस ए सरकार
फकार्इ फकार्इ एकैछिनमा राजधानी आउला भनेर
-प्रकाश प्रयास
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook