काठमाडौंः बसन्त सापकोटा र मेलिना राईको आवाजमा ‘चल्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत सापकोटाकै रहेको छ ।

भिडियोमा सृष्टि खड्का र विजु पार्कीको अभिनय देख्न पाइन्छ । गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्देशन गरेको म्युजिक भिडीयोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन् । म्युजिक भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १२:३०