प्युठानः बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्युठान जाँदै गरेको महाकाली यातायातको  ना ४ ख १८७६ नम्बरको बस प्युठानको सरुमहारानी गाउँपालिका बडाडाँडा नजिकै दुर्घटना भएको हो ।

बस रातीको समयमा भएकाले हेड लाइट नबलेकाले बस दुर्घटना भएको हुनसक्ने र बस करिब सडकबाट दुई मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बस चालक दिल बहादुर चौधरीको सनाखत भएको छ भने अरु मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको छ । केहि घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल प्युठान र बुटवल लगिएको छ भने अरु घाइतेहरुको अवस्था चिन्ता जनक रहेको प्रहरीले जनाएको छ ।


अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धार कार्य गरिरहेको र विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।