बाँकेः प्रहरीले बहुबिवाह मुद्दामा फरार रहेका दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–४ निबुवा बस्ने ३४ वर्षीय जय बहादुर गिरी र सोही ठाउँ बस्ने ३३ वर्षीया छायाँ गिरी रहेका छन् ।

जिल्ला अदालत बाँकेको २०६८ कात्तिक ३० गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद सजय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनालाई जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ३ गते सोमबार, १५:५२