बाँकेः कोहलपुर नगरपालिका–२ आनन्दनगरबाट ४ तोला कस्तुरीको बिना सहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुगु खडेरा गाउँपालिका–७ बस्ने २५ वर्षीय गगन प्रसाद उपाध्याय र सोही ठाउँ बस्ने २४ वर्षीय टेकेन्द्र परियार रहेका छन् ।

उनीहरुले कस्तुरीको बिना राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १४:०६