बाँकेः नरैनापुर गाउँपालिका–१ मतनिया गाउँबाट गोरु काटेको अभियोगमा सोही गाउँपालिका–२ रोसनपुरुवा बस्ने ३७ वर्षीय सकिल सेक सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी सुईया र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई गोरुको मासु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १४:१३