बाँकेः नेपालगञ्ज उपमहानगरपालिका–१९ आलानगरमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

आलानगरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय मनोज सार्की समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४९ हजार २ सय ८० रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, १९:४९