बाँके: नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेकै खजुरा गाउँपालिका–४ घर भएका ३६ वर्षीय चेत बहादुर थारु रहेका छन् ।

थारुले चलाएको भे १ त ९२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनकट्टीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १०:२८