बाँकेः नेपालगञ्ज उपमहानगरपालिका–२ बौद्ध टोल डेरा गरी बस्ने अर्घाखाँची पुडेनी गाउँपालिका–८ घर भएका भुट्टु मियाँको कोठामा तास खेलिरहेको अवस्थामा अर्घाखाँची छत्रदेवी नगरपालिका–१ बस्ने ३६ वर्षीय दन्दिर अली समेत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ५० हजार १ सय ६५ रुपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १४:४६