बाँकेः नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कस्थित कृष्ण सुबेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ४१ वर्षीय सन्तोष थापा लगायत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १८:५३