बाँकेः नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित दुई जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगञ्ज उपमहानगरपालिका–१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः बुधबार, असोज २१, २०७७, २०:२२