बाँकेः डुडुवा गाउँपालिका–२ स्थित नयाँ बस्तीबाट नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–२ सन्तलिया बस्ने २० वर्षीय सम्मत पाल रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रित लागूऔषध एक सय एमएलको कोरेक्स २४ पिस सहित शुक्रबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, वैशाख २०, २०:१२