बाँकेः कोहलपुर नगरपालिका–५ किरन नाला नजिकै आज माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने साइकलयात्री र पैदलयात्री घाइते भएका छन् ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का २५ वर्षीय विरेन्द्र शाही रहेका छन् ।

भे १ ख २२३९ नम्बरको माईक्रो बसले भे १० प ५६१ नम्बरको मोटरसाइकल, साइकलयात्री र पैदलयात्रीलाई एकैसाथ ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक शाहीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

घाइते भएका साइकलयात्री बाँकेको बैजनाथ गाउँपालिका–२ मा बस्दै आएका जाजरकोटको छेडागाड घर भएका २१ वर्षीय प्रदिप आचार्य र पैदलयात्री कोहलपुर–३ का १९ वर्षीय प्रकाश महतराको सोही अस्पतालमा उपचार भइरहेको छ ।


। घाइते मध्ये साइकलयात्रीको अवस्था भने गम्भीर रहेको छ ।

दुर्घटना पश्चात् फरार रहेका माइक्रो सहित चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १८ गते मंगलबार, १९:३४