बाँकेः कोहलपुर नगरपालिका ११ चौराहामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–५ रझेना बस्ने २३ वर्षीय सुवाष कार्की रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे २ बजे भे ७ प २१५५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर दुर्घटना हुँदा गम्भीर घाइते भएका कार्कीको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा कार्कीको बिहान सवा ३ बजे मृत्यु भएको हो ।


प्रकाशित मितिः मंगलबार, मंसिर २४, ०८:१५