बाँकेः बाँकेमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना बस्ने राजन कुमाल रहेको प्रहरीले जनाएको छ ।

कुमालले ती बालिकालाई खेलिरहेको अवस्थामा ललाई फकाई गरी आफ्नो कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १८:५५