काठमाडौंः बाँके र कञ्चनपुरमा अवैध लागूऔषध सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ उदयपुरुवा बस्ने १८ वर्षीय किशोरलाई ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बाट ४४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–४ बस्ने २८ वर्षीय दिनेश भट्ट, बेलौरी नगरपालिका–१ फटैया बस्ने २८ वर्षीय रमेश रावत, सोही नगरपालिका मटैया बस्ने २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाही रहेका छन् ।


इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले से ३ प ८१८४ नम्बर र से १ प ८५३९ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, २०:३३