काठमाडौंः प्रहरीले बाँके र कैलालीबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ बाट सोही उपमहानगरपालिका–१६ बस्ने २५ वर्षीय साहबुदिन अन्सारीलाई ८ सय मिलीग्राम ब्राउनसुगर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट सोही नगरपालिका–१३ बस्ने २६ वर्षीय बालगोबिन्द राना सहित ३ जनालाई १८ ग्राम ४ सय १० मिलीग्राम लागूऔषध ब्राउनसुगर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, २१:११