भक्तपुरः सिवाः साय्‌मि खलः संस्कृति विभागको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम सम्पन्न भयो ।

२०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाचःह्रे) देखि सुरु गरिएको बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१ चिल्लागा द्वादशी) बिहिबार मध्यपुर थिमि नगरपालिका–४ स्थित सिवाटोलमा बाँसुरी बाजा प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भएको हो ।

आठ महिनामा सकाउने लक्ष्य लिएर दिइएको बाँसुरी प्रशिक्षण कोभिड–१९ सँगै सरकारले जारी गरेको लकडाउनको कारणले बीचमा बन्द गरिएको थियो ।

बाँसुरी प्रशिक्षार्थीहरूको संख्या जम्मा ४२ जना रहेको कार्यक्रमका संयोजक मनोजलाल मानन्धरले जानकारी दिए ।


। बाँसुरी प्रशिक्षकको रुपमा धनकाजी भासिमा र बाद्यवादन प्रशिक्षकको रुपमा चयन्द्र भासिमा रहेका थिए । त्यस्तै नृत्य प्रशिक्षक बालमुकुन्द प्रजापति र दिपक बज्राचार्य रहेका थिए ।

कार्यक्रमको लागि स्थानीय मानन्धर समुदाय र नगरपालिकाबाट आर्थिक व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षण लिएका र दिएका भाजु/मयजुहरूलाई खलःको तर्फबाट सामुहिक सगुन दिइएको थियो ।


प्रकाशित मितिः २०७७ साल चैत ३० गते सोमबार, १०:४१