भक्तपुरः पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य अन्दाजी ५० वर्षका देव गुरुङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

आज बिहान बाँस्कोटाको घरमा प्रेसर कुकर बम बिस्फोट हुँदा घरको पर्खाल भत्किएको छ भने छिमेकीका घरका सीसा र एउटा भ्यानमा क्षति पुगेको छ ।


प्रकाशित मितिः बुधबार, फागुन २८ , १२:२१