काठमाडौंः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले आज प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १५:३९