काठमाडौंः बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
सभामुख सानु कुमार श्रेष्ठले बैठक दिउँसो एक बजे बोलाएका हुन् ।
प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल सुरु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रदेशसभाको सातौं अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सुरु भएको थियो । बैठकमा विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि स्थगन गरेका थिए ।
।
प्रकाशित मितिः २०७७ साल माघ ९ गते शुक्रबार, ११:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook